Comments Add Comment

कंगना भन्छिन्-‘मेरो बलिउड यात्रा रोकिएपनि मैले केही गुमाउने छैनँ ‘


बलिउड नायिका कंगना रनावतले ‘ग्याङस्टार’ नामक चलचित्रबाट सन् २००६ मा बलिउडमा इन्ट्री मारेकी थिइन् । कंगनाले बलिउडमा आफ्नो सुरुवातको दिनमा निकै डराएर काम गर्ने गरेको खुलाएकी छिन् । उनले भनिन्-‘म सुरुवातका दिनमा आफूलाइ चिनाउन निकै डराएर काम गर्थेँ । तर, अहिले म एकदमै सन्तुष्ट छु र मैले आफूले आफूलाइ पहिचान गर्न सकेकी छु ।’

उनले अगाडि भनिन्-‘मैले १५ बर्षको उमेरमा आफूलाइ नचिन्दै घर छाडेँ । तर, ३० बर्षको उमेरमा मैले आफूलाइ चिन्न सकेकी छु ।’ कंगनाले आफूले राष्ट्रिय अवार्ड जितेको, बक्स अफिसका धेरै रेकर्ड तोडेको जानकारी गराउँदै मिडियासँग भनिन्-‘मेरो यो यात्रा यही नै सकिएपनि मैले केही गुमाउने छैनँ । मसँग धेरै सफलताको कथा हुनेछ र मलाइ आराम गर्ने बाटो मिल्नेछ ।’

कंगनाले मिडियासँग भनिन्-‘मैले मनालीमा निकै राम्रो घर बनाएकी छु । म त्यहाँ गएर समय बिताउन चाहन्छु । किताब लेख्न चाहन्छु अनी चलचित्र निर्देशन गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment