Comments Add Comment

अब प्रहरी हवल्दारले पनि काँधमा नै बिल्ला लगाउने

२७ भदौ, काठमाडौं । प्रहरी हवल्दारहरुले पनि अब काँधमा बिल्ला लगाउन पाउने भएका छन् । हाल प्रहरी हवल्दारहरुले पाखुरामा बिल्ला लगाउँदै आएका छन् ।

सईदेखि माथिका पदका प्रहरीहरुले मात्र काँधमा फुली लगाउने गर्दछन् । अब त्यो अवसर केही दिनभित्रै प्रहरी हबल्दारहरुलाई पनि मिल्ने छ ।

प्रहरीको पोशाकलाई समयसापेक्ष परिवर्तन गर्दै जाने नीतिअनुसार परिवर्तन गर्न लागिएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए । न्यौपानेले अनलाइनखबरसँग भने, ‘पोशाकलाई छिटो–छरितो बनाउन समयसापेक्ष परिवर्तन गर्दै आएका छौं । त्यहीअनुसार यो निष्कर्षमा पुगिएको हो ।’

अब दुई–चार दिनभित्रै औपचारिक निर्णय गरेर देशभर एकैसाथ कार्यान्वयनमा ल्याउने प्रहरीको तयारी छ ।

पाखुरामा लगाइएको बिल्ला काम गर्दा खस्ने, अल्झिने लगायतका समस्या आएको गुनासो हवल्दारहरुले गर्दै आएका छन् ।

बिल्लाको डिजाइन भने परिवर्तन गरिएको छैन । पहेंलो रंगको तीन धर्के भी आकारको चिह्न प्रहरी हवल्दारको पहिचान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment