Comments Add Comment

सुरक्षा परिषदले उत्तर कोरियामा प्रतिवन्ध लगायो, रुस र चीन पनि सहमत

२७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् ।

विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत परीक्षण गरेको थियो । त्यसैको कारण प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय भएको बीबीसीले जनाएको छ ।

प्रतिवन्धको मस्यौदा अमेरिकाले तयार पारेको र त्यसमा रुस, चीन सहित सबै १५ सदस्य राष्ट्रले सहमति जनाएको समाचारमा उल्लेख छ ।

प्रतिवन्धमा उत्तर कोरियाको आम्दानीका स्रोतहरु बन्द गर्ने कोशिश गरिने छ । उत्तर कोरियाबाट कपडाको निर्यातमा रोक लगाइएको छ भने निश्चित सीमाभित्र मात्रै कच्चा तेलको आयात गर्न पाउने छ ।

उत्तर कोरियाले अमेरिकालाई लक्षित गर्दै कयौं क्षेप्यास्त्र र आधुनिक हतियारहरुको परीक्षण गरेको आरोप लाग्दै आएको छ । पछिल्लोपटक उत्तर कोरियाले जापानको आकाशमा समेत मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी क्षेत्र गुआममा आक्रमण गर्ने धम्की दिँदै आएको छ । यसबाट उत्तर कोरिया र अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध झनै बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको बिनास गर्ने धम्की दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment