Comments Add Comment

‘आइफोन एक्स’ लन्च गर्दै एप्पल, सत्य सावित होला अफवाहहरु ?

एप्पलले आइफोन ल्याएको १० वर्ष पुरा भएको छ । दशौ वाषिर्कोत्सवका अवसरमा आज आइफोनको परिस्कृत भर्सन ‘आइफोन एक्स’ र अन्य मोडलहरु सार्वजनिक गर्दैछ ।

आइफोन एक्समा थुप्रै आधुनिक फिचरहरु समावेश गरिएको बताइन्छ । तर, यसको लन्चभन्दा अगावै हरेक महिना कुनै न कुनै अफवाह आइरहेका छन् ।

एप्पले पहिलोचाटि आफ्नो तीन फोन लन्च गर्ने विश्वास लिइएको छ । यसमा आइफोन एक्ससँगै आइफोन ७ र आइफोन ७ प्लसको अपग्रेड भर्सन हुनेछन् । यसलाई आइफोन ८ र आइफोन ८ प्लस नाम दिइएको छ । आइफोन ८ लाई लिएर लामो समयदेखिको प्रतिक्षा आज सकिँदैछ ।

यसका साथै एउटा पि्रमियम मोडल लन्च गरिनेछ, जसको नाम हुनेछ-आइफोन एक्स ।

यो नामले आइफोन लन्चको १० औं वाषिर्कोत्सवलाई संकेत गर्छ । कम्पनीको यो इभेन्ट स्पेससिप क्याम्पसम ाबनेको स्टिभ जब्स अडिटोरियममा हुनेछ ।

केके छन् विशेषता ?

आइफोन एक्समा पातलो ब्याजलसँगै एज-टु-एज डिस्प्ले तथा पछाडि एउटा भर्टिकल डुअल क्यामरा सेटअप हुने सम्भावना छ । यसमा टच आईडीका सट्टामा फेस आइडी हुनेछ । फेस आइडीको विशेषता यो पनि रहेको छ कि यसले अँध्यारोमा पनि काम गर्छ ।

साथै आइफोन एक्समा ओलेड स्त्रिmन हुने सम्भावना छ । यता आइफोन ८ र आइफोन ८ प्लसमा पनि एलसीडी स्क्रिन  हुनेछ ।

तीनवटै आइफोनमा ग्लास रियर हुनेछ, जसले वायरलेस चार्जिङ सुविधा दिन्छ । यसलाई धातुको साटो शीशा र प्लास्टिकले चार्ज गर्न सकिनछ । यस्तो फिचरले अब फोन चार्ज गर्न चार्जरको आवश्यकता नै पर्दैन ।

आशा छ कि आइफोन ८ र आइफोन ८ प्लस लन्च हुनासाथ बजारमा उपलब्ध हुनेछ । यद्यपि आइफोन एक्स बजारमा आउन केही समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment