शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

अन्ततः आफैंसँग हारे डीआइजी नवराज सिलवाल !

जयबहादुरलाई जिते, प्रकाशसँग पराजित भए

अनलाइनखबर

नवराज सिलवाल

 

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार दुईपन्ने आदेश जारी गरेसँगै ८ महिना लामो आइजीपी नियुक्ति प्रकरणको पटाक्षेप भएको छ । यस अवधिमा डीआइजी नवराज सिलवालले आफ्ना प्रतिस्पर्धी जयबहादुर चन्दलाई जितेका छन् भने प्रकाश अर्यालसँग हारेका छन् । अन्ततः सिलवाल आफैंसित नराम्रोसँग हारेका छन् । र, हारेसँगै उनले पदबाट राजीनामा दिएका छन् ।

सुरुमा सरकारले डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डीआइजी सिलवालले सर्वोच्च अदालत गुहारेपछि चन्दको आइजीपी पद फूली नै लगाउन नपाउँदै खारेजीमा पर्‍यो । डीआइजी सिलवालसित हारेका चन्द अहिले एआइजी पदमा कार्यरत छन् ।

सरकारले निकै लामो समय कामु आइजीपी डा. दिनेशचन्द्र पोखरेलका भरमा प्रहरी संगठन चलायो । र, पहिलो चरणको निर्वाचनको मुखमा डीआइजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गर्‍यो ।

सरकारी सुरक्षा निकायमा नमकको सोझो गरिहरेका डीआइजी सिलवालले केही वकिलहरुको पछि लागेर सरकारलाई घुँडा टेकाइ छाड्ने अठोट गरे । यही क्रममा उनले कार्य सम्पादन मूल्यांकनमा प्रकाश अर्यालको भन्दा आफ्नो नम्बर बढी रहेको दाबा गर्दै सर्वोच्च अदालतमा रीट दायर गरे । र, आफूलाई आइजीपी बनाइनुपर्ने मागदाबी अघि सारे । यसो गर्नमा सिलवाललाई केही वकिलहरुको ढाडस र सर्वोच्च अदालतमा रहेका आफू निकट न्यायाधीशको आशले धेरै ठूलो काम गरेको थियो ।

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नवराज सिलवालको ‘फेवर’ मा थिइन् । त्यसैगरी सिलवाललाई अर्का एक न्यायाधीशले पनि पुरानै साथीका नाताले साथ दिएको चर्चा थियो ।

तर, सिलवालको मुद्दाले किराना छुन नपाउँदै सर्वोच्च अदालत आफैं विभिन्न लफडामा फस्यो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भयो । यससँगै सिलवालको रिटमाथिको सुनुवाई पनि पछि सर्दै गयो ।

यसवीचमा गृहमन्त्रालयले डीआइजीहरुको बढुवा गर्‍यो । आइजीपी बन्न नपाएका जयबहादुर चन्द यही क्रममा बढुवा भएर एआइजी बने । तर, नवराज सिलवाल भने डीआइजीको डीआइजीमै सीमित भए । अझ उनीमाथि कार्यसम्पादन मूल्यांकन फारम तयार पार्दा कीर्ते गरेको आरोप प्रहरी संगठनभित्रैबाट लाग्यो ।

यही क्रममा सर्वोच्च अदालतको नेतृत्व परिवर्तन भयो । सुशीला कार्कीका ठाउँमा गोपाल पराजुली प्रधानन्यायाधीश बने । र, उनै पराजुलीको नेतृत्वमा मंगलबार ७ न्यायाधीशको वृहत पूर्ण इजलासले नवराज सिलवालको रिट निवेदनै खारेज गरिदियो । र, डीआइजी सिलवाल राजीनामा दिन बाध्यजस्तै बने ।

‘अर्यालकै अंक बढी’

सर्वोच्च अदालतको निर्णयमा भनिएको छ कि लोकसेवा आयोग लगायतबाट कार्यसम्पादन मूल्यांकन फारम झिकाएर खोली हेर्दा नवराज सिलवालको भन्दा प्रकाश अर्यालको नै नम्बर बढी देखिएकाले अर्याललाई आइजीपी बनाउने सरकारको निर्णय सही देखिएको छ ।

यो पनि पढ्नुस्ः नवराज सिलवालको रिट खारेज, आइजीपी नियुक्ति विवाद टुंगियो

सर्वोच्च अदालतका अनुसार लोकसेवाको रेकर्डमा अर्यालको अंक १५४.२०० देखिएको छ भने नवराज सिलवालको चाहिँ १५२.४६७ मात्रै देखिएको छ ।

असअघि सोही सर्वोच्च अदालतले गरेको आदेशमा सिलवालले विभिन्न पुरस्कारहरुसमेत पाएको भन्दै सिलवालको अंक बढी देखिएको र सबैभन्दा बढी अंक भएकोलाई आइजीपी बनाउनु भन्ने थियो ।

जयबहादुरको नियुक्ति खारेज गर्ने सर्वोच्चको आदेशपछि सरकारले चारजना डीआइजीहरुको कार्यसम्पादन मूल्यांकन फाइल क्याबिनेटमा झिकाएर बढी नम्बर भएको भन्दै अर्याललाई आइजीपी बनाएको दाबी गर्दै आएको थियो ।

तर, डीआइजी सिलवालले भने आफ्नो नम्बर बढी रहेको जिकिर गर्दै आएका थिए । सिलवालले अदालतमा पेश गरेको कागजमा बेग्लाबेग्लै फन्ट भेटिएकाले कीर्ते कागज पेश गरेको उनीमाथि आरोप लागेको थियो ।

अन्ततः अदालतले सिलवालले पेश गरेको कागजका विषयमा केही बताएको छैन, तर उनी आइजीपी बन्न योग्य नदेखिएको भन्दै उनको रिट खारेज गरिदियो ।

हारेर पनि जितेको तर्क !

अनुशासित प्रहरी संगठनभित्र रहेर मुद्दा मामिलामा होमिएका डीआइजी सिलवाल प्रहरी संगठनमै हुँदा पनि सिपाहीभन्दा बढी राजनीतिज्ञ जसरी प्रस्तुत भएका थिए । उनले सरकारलाई चुनौती दिए । त्यसपछि आइजीपी नियुक्तिजस्तो कार्यपालिकाको अधिकारलाई सर्वोच्च अदालतसम्म पुर्‍याए ।

यो पनि पढ्नुस्ः मुद्दा हारेलगत्तै नवराज सिलवालले दिए राजीनामा

र, अहिले अदालतले आफ्नो विपक्षमा निर्णय सुनाइसकेपछि सिलवालले जारी गरेको लामो विज्ञप्तिमा पनि उनले सत्यको पराज भएकोजस्तो देखिए पनि एक दिन जित हुने भन्दै सर्वोच्च अदालतको निर्णयप्रति घुमाउरो पारामा असहमति प्रकट गरेका छन् ।

उनले आफूमाथि अन्या भए पनि संयमित भएको बताएका छन् । र, अदालतले उनलाई गलत ठहर्‍याए पनि उनले आफू सही रहेको तर्क गर्ने प्रयास गरेका छन् । आफ्नो लामो वक्तव्यमा उनले अदालतको निर्णयलाई आत्मसात गर्ने कतै उल्लेख गरेका छैनन् । आफू महानिरीक्षक बन्न नसके पनि आफ्नो जीत भएको सिलवालले जवरजस्त तर्क गरेका छन् ।

प्रहरी संगठनमा हुँदा पनि सिलवाल विवादबाट पूर्ण मुक्त प्रहरी अधिकारी भने होइनन् । उनले श्रीमतीमार्फत मिटर ब्याजमा पैसा लगाउने गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।

डीआइजीबाट राजीनामा दिएका सिलवालले के गर्लान् ? कतिपयले उनी अब राजनीतिमा जान सक्ने अनुमान गरेका छन् । सिलवालले चाहिँ भोलि जुनसुकै भूमिकामा रहे पनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सहयोगी भूमिकामा रहने बताएका छन् ।

उनले भनेका छन्- म अन्यायमा परेका तमाम नागरिकको एउटा सशक्त आवाज बन्ने कोशिस गर्नेछु ।’

मुद्दा सकियो, तर्क सुरु भो !

डीआइजी सिलवालको मुद्दा त सर्वोच्च अदालतले टुंगो लगाएकै छ । तर, सिलवाल प्रकरणले उठाएका केही प्रश्नहरुको तरंग भने नेपाली राजनीतिमा फेरि सुरु भएको छ ।

भनिन्छ, अदालतले दोषी करार गरिसक्दा पनि आफू निर्दोष र महान छु भनेर तर्क गर्नु मानिसको सीमा हो । जस्तो कि खुमबहादुर खड्काले पनि आफूलाई फसाइएको तर, आफू निर्दोष रहेको बताउने गरेकै छन् । यसै गरी सिलवालले पनि आफूले महान कार्य गरेको, न्यायको पक्षमा आवाज उठाएको भन्ने ढंगबाट तर्क गरेका छन् ।

यसबाट केही प्रश्नचाँहि जरुर जन्मिएका छन्ः सिलवालजस्तै लोकतन्त्रमा विश्वास गर्छु भन्नेहरु प्रशासकहरुले सर्वोच्च अदालतको फैसलालाई ‘तर्कको अन्त्य’ मान्ने या आफ्नै मनको इजलासमा अर्को मुद्दाको सुनुवाई सुरु गर्ने ? के अब हामीले अदालत नामको संस्थाचाँहि गलत र नवराज नामको व्यक्तिचाँहि सही छन् भनेर विश्वास गर्नुपर्ने दिन आएको हो ?

सिलवालले दिएको राजीनामा 

२०७४ भदौ २७ गते २०:४७ मा प्रकाशित (२०७४ भदौ २८ गते ६:४९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१२ प्रतिकृयाहरू प्राप्त
  • Pidus लेख्नुहुन्छ    |   २०७४ भदौ २७ गते २०:५२

    Aba Delhi ma KP oli, prachanda ra deuba lai ….ji vanera sambodhan garchhu ma……ne haru

    6
    1
    Share

  • Pidus लेख्नुहुन्छ    |   २०७४ भदौ २७ गते २०:५३

    Aba Dekhi ma KP oli, prachanda ra deuba lai ….ji vanera sambodhan garchhu ma……ne haru

    6
    0
    Share

  • नेपाल प्रहरी लेख्नुहुन्छ    |   २०७४ भदौ २७ गते २१:४५

    प्रहरीमा एउटा रोल मोडलको अन्त

    30
    3
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ भदौ २७ गते २३:२६

    Bhanne le sahi bhanya rahichan Nepal ko kanun daiba le janun, aba janata le ko sanga nyaye magne ??

    23
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते २:०९

    Mero sahanubhuti xa Navaral Silwal lai!

    Nepal “Sati ko shrap” pareko desh jaha Ramra manxe bhanda Chakadibaaj, Bhrasta, Neta ka GOTI le badhi opportunity paauxan!!!

    24
    2
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ४:१५

    शक्तिकेा दुरूपयेाग गरेर नबराजलाइ हराइएकेा छ । येा न्यायलयकेा मेटिन नसकिने कालेा दाग बनेर बस्ने छ । धिक्कार छ ।

    46
    7
    Share

  • Prabhakar लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ६:००

    Yo Manche lai ta Kirte tatha jalsaji aani aadalat ma galat praman pea gareko ma karbhai huna Parne ho ta.
    Yes ma aadalat kina chukyo??!! Sarkar kina chukyo??!!

    2
    36
    Share

  • khem लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ७:३३

    सोझा लाउरे भुजेल को पाप लागे जस्तो छ | अब खड्ग ओली ले के बर्बराउने हो ?

    0
    30
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ९:३८

    के अब हामीले अदालत नामको संस्थाचाँहि गलत र नवराज नामको व्यक्तिचाँहि सही छन् भनेर विश्वास गर्नुपर्ने दिन आएको हो?
    Prakash Aryal IGP hunu parne ma government le Jay Bahadur Chanda lai IGP banaune jun decision garyo,tyasko against ma Supreme Court ma gayera Aryal le mistake gareka hun ta?

    0
    0
    Share

  • Pramod Giree लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ११:२६

    कसरी देशका गद्दारहरुले इमान्दार र कर्मठ्ठा सिपाईको बली खादा रहेछन भन्ने यो अर्को नाङ्गो नमुना हो । कहिले सम्म तिमीहरुको हालिमुहाली यो देशमा ?

    0
    0
    Share

  • shankr लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते ११:४९

    नेपालमा सिलवाल जसता देसको लागि काम गरनेको दिन गए’ खडका जसता भरसटचारिको मातर सममान हुने दिन आए परभु ॥

    0
    0
    Share

  • Pramod Giree लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते १२:५४

    चिन्ता नगर्नु होस नवराज सिलवाल ज्यु !
    तपाईले हारेको हैन, हराइएको हो भन्ने कुरा घाम झै छर्लङ्ग छ । तर चिन्ता नगर्नु होला, यिनिहरुको ओरालो यात्र तय भैसकेको छ । यिनिहरुको सामुन्ने भयानक ठुलो खाडल छ । यिनिहरुको यो हर्कतले त्यही खाडलको यात्र तय गरिसकेको छ । यिनिहरुको दुर्घटना निश्चित छ ।

    तर दुखको कुरा, यि गोडा चार एक भातमाराहरुको कारणले नेपाली जनताको न्यायलय प्रतीको आश्था पो कम हुने त हैन ! सोच्न बाध्य तुल्याएको छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this