Comments Add Comment

एप्पलले एकसाथ ल्यायो आइफोन एक्स, आइफोन ८ र ८ प्लस

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् ।

आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।

एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरे ।

यस्तो छ आइफोन एक्स

आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।

आइफोनमा १० मा अनुहार चिन्ने प्रबिधि- फेस आइडी पनि समावेश छ । अब आइफोनले तपाइको अनुहारलाई पासवर्ड मान्ने छ र आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने छ । एप्पलको दावी छ कि, तपाइले गग्स लगाएको भए पनि र ह्याट लगाएको भए पनि आइफोनले तपाइको अनुहार चिन्न सक्छ ।

यो फोनमा होम बटन हटाइएको छ । त्यसको विकल्पको रुपमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।

आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ ।

६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । यसको मतलव यो फोन नै अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो । आइफोन १० को पि्र बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

आइफोन ८ र ८ प्लस

आइफोन ७ सेरिजको नियमित अपग्रेडका रुपमा आइफोन ८ र ८ प्लस पनि सार्वजनिक भएका छन् ।

सानो आकारको आइफोन ८ को साइज ४.७ इन्चको हुने छ भने आइफोन ८ प्लस ५.५ इन्चको साइजमा उपलब्ध हुने छ । दुवैमा रेटिना एचडी डिस्प्ले छ । यसमा कम्पनीको सवैभन्दा आधुनिक ए११ चिप प्रयोग गरिएको छ । यो चिप ए१० भन्दा भन्दा ७० प्रतिशत फास्ट रहेको छ जुन आइफोन ७ सेरिजमा प्रयोग गरिएको थियो ।

आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । यी दुवैमा वायरलेस चार्जिङले सपोर्ट गर्छ भने लिल्भर, स्पेश ग्रे र गोल्ड गरी तीनवटा रंगमा उपलब्ध हुनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment