Comments Add Comment

मधेस अब डुब्दैन, भारतसँग सम्झौता भइसक्योः देउवा

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब बाढीबाट मधेस डुबानमा नपर्ने बताएका छन् । डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको उनले बताए ।

कांग्रेसले स्थानीय तह निर्वाचन प्रचारका लागि राजविराजमा गरेको सभालाई सम्बोधन गर्दै देउवाले आफ्नो भारत भ्रमणका क्रममा बाढी र डुबान नियन्त्रणका लागि कुरा गरेको बताए ।

‘मधेसका जिल्लाहरु भविष्यमा डबान हुन नदिन मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नीतीशकुमारसँग समेत छलफल गरेको छु, मधेसमा आउने बाढी नियन्त्रण कसरी गर्ने विषयमा अध्ययन गर्न दुईतर्फी अधिकारीहरु सम्मिलित समिति गठन भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘ बाढी नियन्त्रण गर्न कोसी हाइड्याम निर्माण हुनेछ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment