शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

सेल्टिकको पोष्टमा पीएसजीको ५ गोल

अनलाइनखबर

२८ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा नेइमारको नेतृत्वको पीएसजीले सेल्टिकमाथि ५–० गोल अन्तरको जित निकालेको हो ।

सेल्टिकको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा एमबापे र ४० औं मिनेटमा काभानीले गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ८३ औं मिनेटमा सेल्टिकका लुस्टिङले आत्मघाती गोल गरे भने दुई मिनेटपछि नै पाएको पेनाल्टीमा काभानीले गोल गरे र पेरिस सेन्ट जर्मेन ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

सल्टिकले भने च्याम्पियन्स लिगमा घरेलु मैदानमा हात पारेको सबैभन्दा ठूलो हार हो ।

२०७४ भदौ २८ गते ८:४१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this