बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

लक्ष्मी लघुवित्त २६.३२ प्रतिशत लाभांश दिने

अनलाइनखबर


२८ भदौ, काठमाडौं । लक्ष्मी लघुवित्त बिकास बैंकले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत गर्न र बार्षिक साधारण सभाबाट पारित गर्न बाँकी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणसँगै यो पूँजी २४ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

२०७४ भदौ २८ गते ११:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this