Comments Add Comment

चिहानको चिया पसल, नाम छ लक्की रेष्टुरेन्ट


भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ ।

यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ ।

यो चिया पसल एक टपरीबाट सुरु भएको थियो, चिहान नजिकै । अहिले चाहिँ दैनिक थुपै्र मानिसहरु यहाँ चिहानको बीचमा बसेर चियाको चुस्की लिइरहेको देखिन्छ ।

मानिसहरुबीच यो चिया पसल चर्चित बनिरहेको छ । ग्राहकको संख्या बढेसँगै चियापसलको आकार पनि बढ्दै जाँदा यसले चिहान भएको क्षेत्रलाई पनि समेट्नुपर्यो र पसलभित्रै चिहान पनि अटाए । हुँदा–हुँदा यो चियापसलको पहिचान नै बन्याे चिहानको बीचमा बसेर चियाकफी तथा खाजा खानु । अहिले राम्रै पर्यटकीय स्थल बनेको छ, यो ४५ वर्ष पूरानो चियापसल ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment