Comments Add Comment

जनावरहरुको अनौठो रुचि : ह्विस्की पिउने राँगोदेखि पान खाने हात्तीसम्म

खबर छिमेकी मुलुक भारतकै छ । हरियाणाको केथल जिल्लामा एउटा मुर्रा जातको राँगो छ । सुल्तान नामक यो राँगोलाई हेर्नकै लागि टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । ६ फिटभन्दा अग्लो यो राँगाले हरेक बिहान नास्ताको रुपमा घिउ तथा दुध पिउँछ । बेलुकी खानाअघि यसले १ सय मिलिग्राम स्कच ह्विस्की पिउँदछ । यो राँगो स्कचको निकै सौखिन हो ।

हरेक दिन उसले फरक–फरक ब्राण्डको स्कच पिउँदछ । तर मंगलबार भने यो राँगोले मदिरापान गर्दैन । यो उन्नत जातको राँगोले खानमा जति खर्च गर्दछ आफ्नो मालिकलाई उत्तिनै मालामाल बनाइरहेको पनि छ । भारतका विभिन्न प्रतियोगिता जितको यो राँगोको शुक्रकिट लाखौँ रुपैयाँमा बिकिरहेको छ । एक वर्षमा यो राँगोले ३ हजार डोज शुक्रकिट उत्पादन गर्दछ र एक डोजको ३ सय भारुमा बिक्री हुन्छ ।

उता भारतकै हिमाञ्चल प्रदेशमा चाहि एउटा भैँसी चर्चामा छ । यो भैंसी आफ्नो स्वास्थ्य, मूल्य तथा अनौठो शौखका कारण चर्चामा रहेको हो । राँझा नामको यो भैंसी ५ फिट ८ इन्च अग्लो छ । यसले दिनहूँ एक किलो घिउ, हरेक दुई दिनमा एक किलो तेल पिउँदछ ।


त्यसका साथै यसले सोयाबिन, चना जस्ता गेडागुडी दिनहुँ खान्छ । यति सबै कुरा खाइसक्दा पनि उसलाई स्याउ नभै हुँदैन । स्याउ नखाँदासम्म यो भैंसी शान्त बन्दैन । जसका कारण यसका मालिकले यसलाई हरेक दिन अनिवार्य रुपमा स्याउ खुवाउने गरेका छन् ।

भारतको मध्य प्रदेशमा एउटा हात्ती पनि यस्तै अनौठो शौख भएको छ । यो गजराज दिनहुँ एउटा पानपसलमा पुग्दछ पान खानकै लागि । पान खाने हात्ती हेर्नका लागि मानिसहरु दिनहुँ बाटोमा ढुकिरहेका हुन्छन् ।

हात्ती जब माउतेको साथमा पान पसल पुग्दछ तब पान पसलेले उसको मनपर्ने पान खुवाउँदछ । पसलेले पान नदिँदासम्म हात्ती त्यहीँ ठिंग उभिरहन्छ, डेग चल्दैन । पान पाउने बित्तिकै तुरुन्तै त्यहाँबाट लम्किहाल्दछ । पसलेलाई चाहिँ त्यो हात्तीलाई कस्तो स्वादको पान मन पर्दछ भन्ने थाहा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment