Comments Add Comment

भविष्य जान्न मष्टा देवको तीर्थयात्रा (फोटोफिचर)

कर्मचारीले सोध्छन-सरुवा र बढुवा कहिले हुन्छ ?

२८ भदौ, डोल्पा । आफ्नो भविष्य जान्न कसलाई रहर हुन्न र ? त्यसमा पनि भोलिको बारेमा जानकारी लिन मानव जाति जिज्ञासु हुन्छ ।

आफ्नो र परिवारको भविष्य जान्न भन्दै अहिले डोल्पाका मष्टा मन्दिरहरुमा दिनहुँ सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी,मष्टा भवानी गल्ली र मष्टा भवानी छल मन्दिरहरुमा भविष्यको बारेमा जान्न पाइने भन्दै सर्वसाधारणहरुको घुइँचो लाग्ने गरेको छ ।

आफ्नो जीवनमा हुने शुभअशुभ कुरादेखि जीवनमा प्राप्त हुने सुख, दुःख, शिक्षा, आयु, मान सम्मान, पद, सरुवा, बढुवा, स्वास्थ्य लगायतका थुप्रै जिज्ञासा लिएर सर्वसाधारणहरु मष्टा भवानी मन्दिर पुग्ने गरेको पुजारीहरुको भनाइ छ ।

भक्तजनहरुका अनुसार भविश्यवाणि हुने भएकाले दिनहुँ सर्वसाधारणहरुको अत्याधिक चाप हुने गर्दछ । हिजोआज त्रिपुरा सुन्दरी नगरपालिका-१ अन्तर्गत गल्लीमा रहेको मष्टा भवानी मन्दिरमा पनि दैनिक सयौँ भक्तजनको चाप बढ्दै गएको छ ।

उक्त मन्दिरमा डोल्पावासी मात्र नभई देशका विभिन्न जिल्लाबाट सर्वसाधारणहरु आफ्नो भाग्य देखाउन पुग्ने गर्दछन् ।

कर्मचारीहरुले सोध्छन-सरुवा-बढुवा कहिले हुन्छ ?

जिल्लाबाट कर्मचारीहरु बिशेष गरेर सरुवा र बढुवा कहिले हुन्छ,घरपरिवारमा कस्तो छ, भोलिको भबिश्य के छ भन्ने लगायतका जिज्ञासा लिएर मष्टा देबता कहाँ आउने गरेको पुजारीहरु नन्दसिंह थापाले बताए ।

यसरी मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्न थालेको ६ दशक भएको थापाले बताए । ‘मष्टा मन्दिरमा दैनिक सर्वसाधारणको घुइँचो लाग्न थालेको ६ दशक भइसक्यो,’ उनले भने,’यस मन्दिर भविश्यबाणी मात्र नभई मान्छेहरुले दर्शन गर्नाले धन, विद्या,बुद्धी,ऐश्वर्य,सन्तान प्राप्ती हुने जनविश्वास रहेको छ ।’

मुख्य पुजारी धामीलाई देउता चढेपछि भूत,भबिश्यत,वर्तमान तीनै कालका घटनाहरु जानकारीे गराइदिने भएकोले आफ्ना जिज्ञासा मेटाउन मन्दिरमा आउने गरेको थापाले बताए ।

मष्टाप्रति डोल्पाली मात्र नभई विभिन्न जिल्लावासीको समेत अटुट आस्था रहेकाले यस मन्दिरमा आएर दर्शन गरी भाकल गरेको स्थानीय गोमा उपाध्यायले बताइन ।

डोल्पामा साउन पूणिर्माको अवसरमा सम्पूर्ण स्थानीयहरु आ-आफ्ना कुलाम्य देबी देबताका साथ तीर्थयात्रा जाने गर्छन ।

बिहीबार र शनिबार अपवित्र

यो मन्दिरमा बिहीबार र शनिबार बाहेको अन्य बारहरुमा दैनिक सयाैं भक्तजनहरु मनको जिज्ञासा मेटाउन आउने गर्दछन । बिहीबार र शनिवार धार्मिक हिसाबमा अपवित्र दिन भएकाले यि दिनमा धामीको भविश्यबाणी नहुँने पुजारीको भनाइ छ ।

यस मन्दिरका मुख्य पुजारी कृष्णराज शाही लाई १४ वर्षको उमेर देखिनै देउता चढेर भबिश्यबाणि गर्न लागेको पुजारी कर्मसिंह थापाले बताए ।

आजभोली ८० वर्षीय धामी शाही माथि अकस्मात देउता चढिसकेपछि सबैलाई पालोपालो भक्तजनहरुको भविश्यबाणि गर्ने गरिन्छ ।यस मन्दिरका पुजारी धामिले भबिश्यबाणि गरेका सम्पूर्ण भनाइहरु सतप्रतिशत पूरा हुने स्थानीय रत्नालक्ष्मी न्यौपानेले बताइन् ।

मन्दिरमा नयाँ वर्षको दिनमा विशेष भविश्यबाणी हुने गर्दछ । उक्त भविश्यबाणी सुन्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । नयाँ वर्षको सुरुवातसँगै वर्षभरी हुने देश विदेशका ठूला-ठूला उपलब्धि होस या देश बिदेशमा हुने बिनाशकारी घटनाहरुको भबिश्यबाणि हुने गर्दछ ।

रक्सि सेवन गर्नेलाई प्रवेश निषेध

यस्ता धार्मिक मन्दिरहरुबाट समाजका सकरात्मक सन्देश दिने काम समेत भइरहेको छ । यहाँ रक्सी सेवन गर्नेलाई प्रवेश निशेष हुन्छ । पुजारीका अनुसार गाँउ,समाजमा हुने विकृति विसंगतिलाई देब कानुनमा बाँधेर निराकरणका लागि समेत पहल हुन्छ ।

मष्टा मन्दिरमा बिशेष गरेर साउन पूणिर्मा र बिजया दशैँमा बिशेष पुजाआजा हुने गर्दछ । मष्टा देबलाई देवाधि देव शिवजीका जटाबाट उत्पती भएको विभिन्न धर्मगन्थमा उल्लेख गरिएकोले मष्टा देबलाई शिवजीको रुप समेत मानिन्छ ।

खाली खुट्टा तीर्थयात्रा

साउन पूणिर्माको अवसरमा तीर्थयात्रामा जानको लागि नाङ्गो खुट्टा जानु पर्दछ । तीर्थत्रामा जानेक्रममा बाटोमा श्रदालु भक्तजनहरुले सम्पूर्ण तीर्थालुहरुलाई फूलमाल,फलफूल र रङ लगाई विशेष स्वागत गर्ने गर्दछन् ।

यस मन्दिरमा आउने सम्पूर्ण भक्तजनहरुलाई गाँउलेहरुले व्यक्तिगत रुपमा स्थानीयहरुले खाने बस्ने व्यबस्था गर्दै आएकाछन् । यस मन्दिरमा दर्शकको लागि पूर्व प्रधान सेनापति रुकमांगत कटुवाल समेत हेलिकोप्टरसहित पुगिसकेका छन् ।

तस्वीर र शब्द: रामचन्द्र न्यौपानेबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment