Comments Add Comment

सलमानका बडिगार्डको पारिश्रमिक २ करोड, साहरुख दिन्छन् रविलाइ साढे २ करोड


बलिउडका कलाकारहरु चौबिसै घन्टा सुरक्षा घेरामा हुन्छन् । घर बाहिर निस्कने वित्तिकै फ्यानको भीड हुने भएकाले पनि उनीहरुले आफ्नो निजी सुरक्षाका लागि बडिगार्डको व्यवस्था गरेका हुन्छन् । साथमा विभिन्न समयमा आउने धम्कीबाट सुरक्षित रहन पनि उनीहरु बडिगार्ड र भारत सरकारले उपलब्ध गराउने प्रहरीको सुरक्षामा हुन्छन् ।

बडिगार्डको संख्या बलिउड स्टारहरुले आवश्यकता अनुसार घटबढ गरेका हुन्छन् । तर, एक जना बडिगार्ड उनीहरुसँग हरेक समय हुन्छन् । बलिउड स्टारका बडिगार्डको पारिश्रमिक सुनेर तपाइ छक्क पर्नुहुन्छ । बलिउड नायक साहरुख खानका मुख्य बडिगार्डको नाम रवि सिंह हो । रवि देश तथा विदेशमा हरेक समय साहरुखसँग हुन्छन् । रविको सुरक्षामा साहरुख निर्धक्क भएर फ्यानको भीडमा पुग्छन्, देश बाहिर घुम्न निस्कन्छन् । तर, यसका लागि उनले रविलाइ महंगो रकम पारिश्रमिक दिएका छन् । बलिउड मिडियाका अनुसार साहरुखले रविलाइ बर्षको साढे २ करोड पारिश्रमिक दिएका छन् ।

साहरुख जस्तै बलिउड नायक सलमान खान पनि बडिगार्डको सुरक्षामा बाहिर निस्कन्छन् । सलमानसँग लामो समयदेखि शेराले काम गरिरहेका छन् । शेरालाइ सलमानले परिवारको सदस्य जस्तै मान्छन् । तर, यसका लागि उनले शेरालाइ बाषिर्क २ करोड पारिश्रमिक दिदै आएका छन् । नायक आमिर खानका मुख्य बडिगार्डको नाम यूवराज हो । जसलाइ उनले बाषिर्क २ करोड पारिश्रमिक दिने गर्छन् ।

नायक अमिताभ बच्चन पनि आधा दर्जन बडिगार्डको घेरामा सधै हिड्छन् । उनको मुख्य बडिगार्डको नाम जितेन्द्र सिन्धे हो, जसलाइ उनी बाषिर्क डेढ करोड पारिश्रमिक दिदै आएका छन् । यस्तै, नायक अक्षय कुमारले आफ्ना बडिगार्ड श्रेयसलाइ बाषिर्क १ करोड ३० लाख पारिश्रमिक दिन्छन् भने नायिका दीपिका पादुकोण आफ्ना मुख्य बडिगार्डलाइ बाषिर्क ८० लाख पारिश्रमिक दिने गर्छिन् । यी मुख्य बडिगार्ड बाहेक बलिउड स्टारहरु आवश्यकता अनुसार अन्य बडिगार्ड घटाउने र बढाउने गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment