२८ भदौ, काठमाडौं । हिमालयन बैंकले सञ्चालन गरेको ई-कमर्स पेमेण्ट गेटवेको मद्दतले बुध्द एयरका कुनै पनि गन्तव्यका टिकट सजिलै खरिद गर्न पाइने भएको छ । बिना कुनैझञ्झट, घर, कार्यालयमै बसेर केही क्लिकका भरमा यात्रुहरुले बुध्द एयरको आधिकारिक वेवसाइटबाट टिकट किन्न सक्नेछन् ।
मोवाइल एपबाट त उडान तालिका तथा सस्तो भाडादरबारे पनि जानकारी लिन सकिन्छ । यसअघि यो सुविधा विदेशी यात्रुलाई मात्रै थियो भने नेपालीका लागि ई-सेवा ।
भिसा तथा मास्टरकार्डको मद्दतले नेपालीस“गै भारतीयले पनि टिकट खरिद गर्न सक्नेछन् । नेपाली, भारतीय, शरणार्थी तथा लामो समयसम्म नेपालमै बस्ने यात्रुलेपनि नेपाली रुपैयाँमै टिकट खरिद गर्न सक्छन् । अन्यले भने अमेरीकी डलरमा खरिद गर्नुपर्ने हुन्छ । यसरी टिकट खरिद गर्दा यात्रुले कुनै अतिरिक्त शुल्क तिर्नुपर्नेछैन ।
बुध्द एयरले २ बीच एयरक्राफ्ट तथा ७ एटीआर जहाजबाट मुलुकभर हवाई सेवा उपलब्ध गराउ“दै आएको छ । देश बाहिर भारतको वाराणसी नियमित र भुटानको पारोचार्टड उडान गरिरहेको छ ।
आउँदो अक्टोवरमा यसले सेवा सञ्चालनको २ दशक पुरा गर्दैछ । बुध्द एयरले गत वर्ष मात्रै १२ लाख यात्रुलाई हवाई सेवा प्रदान गरेकोथियो ।