Comments Add Comment

अवैध वालुवा निकासीमा भन्सार छुट भएका ट्रयाक्टर प्रयोग

फाइल तस्वीर

२८ भदौ, विराटनगर । कृषिजन्य कामका लागि भन्दै भन्सार छुटमा किनिएका ट्रयाक्टर चुरे क्षेत्रबाट खुलेआम अवैध रूपमा ढुंगा-बालुवा ओसार्न प्रयोग गरिएको पाइएको छ ।

मोरङ जिल्लामा चुरे दोहन गरी ढुंगा-बालुवा लगायत नदीजन्य पदार्थ निकासीमा भन्सार छुटमा भित्राइएका ट्रयाक्टरहरु प्रयोग हुने गरेको छ ।

कृषि अनुदान पाएर किनिएका ट्रयाक्टरको दुरुपयोग भए पनि सम्बन्धित निकाय भने मौन रहँदै आएको छ ।

जिल्लास्थित सरकारी टोलीले स्थानीय खोलाहरुमा आकस्मिक अनुगमन गरी नियन्त्रणमा लिएका १४ वटा ट्रयाक्टर सबै भन्सार छुटमा नेपाल भित्रिएका फेला परेपछि यो रहस्या वाहिर आएको हो ।

उच्च अधिकृत प्रहरीसहितको टोलीले नियन्त्रणमा लिएका सबै ट्रयाक्टर भन्सार छुटका रातो प्लेटका रहेका छन् ।

नियन्त्रण्मा लिएका सवै ट्रयाक्टरहरु स्थानीय क्रसर उद्योगीले भित्र्याएको वताइएको छ ।

स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले अवैध नदीजन्य पदार्थ निकासीमा प्रयोग गरिएका सवै कार्वाही गरिएका ट्रयाक्टर कृषिजन्य कामका लागि भन्दै सरकारी छुटमा किनेका भएको बताए ।

कृषियन्त्रको सूचीमा राखेर ट्रयाक्टर आयात गर्दा पाँच प्रतिशत मात्र भन्सार शूल्क बुझाउनु पर्छ । १३ प्रतिशत भ्याट पनि तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

किसानको नाममा सुविधाका लागि दिइएको सरकारी छुट दुरुपयोग गर्दै ट्रयाक्टर व्यापारिक प्रयोजनमा लगाइएको पाइएमा ट्राफिक प्रहरीले कार्वाही गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यसै गरी यातायात व्यवस्था कार्यालयले पनि त्यस्ता ट्रयाक्टरलाई दुरुपयोग गरेको खण्डमा कारबाही गर्ने अधिकार रहेको छ ।

प्रयोजनविपरीत सञ्चालन गरिएका ट्रयाक्टरबाट ट्राफिकले अधिकतम १ हजार ५ सय रुपैंयाँ जरिवाना अशुल्न मिल्ने कानुनी प्रावधन रहेको छ भने यातायात कार्यालयले ५ हजारसम्म जरिवानाका साथै कारबाही अगाडि बढाउन सक्ने कानुनी व्यवस्था छ ।

१९ सवारीसाधनलाई कार्वाही

जिल्लाका विभिन्न स्थानीय खोलामा अवैधरुपमा वालुवा,ढुङा,गिट्टी उत्खन्न कार्य एव ओसारप्रसारमा सलग्न १९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

प्रहरीले एक साताको अवधिमा स्थानीय गछिया ,चिसाङ,लोह्रदा र खदम खोलावाट ती सवारीसाधान नियन्त्रणमा लिएर कार्वाही स्वरुप २ लाख ५५ हजार रुपैया जरिवना असुले र छाडेको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले स्थानीय खोलामा अवैध रुपमा वलुवा,ढुङा,गिट्टी उत्खन्न एव निकासी स्थानीय प्रहरीको सलग्तामा हुने गरेको समाचार सार्वजनिक भएपछि नियन्त्रणमा लागि जिल्लाका उच्च प्रहरी अधिकृत सम्मिलित छुटै विषेश टक्स फोर्स गठन भएको थियो ।

विषेश टाक्स फोर्सले ती खोलाहरुमा आक्सिमिक रुपमा अनुगमन गर्दा अवैध रुपमा वालुवा,ढुङा,गिट्टी उत्खन्न कार्यमा प्रयोग गरिएको एउटा जेसिभी वलुवा,ढुङा,गिट्टी निकासीमा प्रयोग गरिएका २ टिपर र १४ वटा ट्रक्याक्टर नियन्त्रणमा दिएको थियो ।

निययन्त्रणमा दिएका सवारीसाधानलाई आवश्य कार्वाही स्वरुप जिल्ला समन्वय समितिले जरीवना असुली छाडेको छ ।

स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले टाक्स र्फोसले नियन्त्रणमा लिएका सवारी साधन मध्ये जेसिभिलाई २५ हजार टिपरलाई २० हजार प्रति ट्रयाक्टर १० हजार जरीवना लिएर छाडिएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment