Comments Add Comment

रवीभवनमा टीभीएस एक्सचेञ्ज मेला हुने

२८ भदौ, काठमाडौं । मेगा ब्यान्क्वेट रवीभवनमा  भोलिबाट ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला आयोजना हुने भएको छ छ । जी मोटर्सको आयोजनामा भएको मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत गरिँदैछ ।

मेला अवधिभर सवारी धनीहरुले आफूसागै भएको कुनै २ पांग्रे सवारीसाधन उत्कृष्ट मूल्यमा एक्सचेन्ज गरी टीभीएसको बजारमा उपलब्ध कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।

सवारीधनीसँग भएको कुनैपनि २ पांग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मूल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहने छ ।

टीभीएसले अपाचे आरटीआर, स्ट्राइकर, फिनिक्स, स्टारसिटी, वेगो, जुपिटर, जेस्ट, र ड्याज,का सबै रेज्नका बाकइक तथा स्कुटर साटेर लैजान पाइने जनाएको छ ।

टीभीएसका सबै मोडेलमा ५ वर्ष वारेन्टी सुबिधा रहेको छ। जी मोटर्सका प्रबन्ध सन्चालक कैलाशबाबु गेलालले अहिले नेपालमा टीभीएस ब्रान्ड प्रख्यात हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment