Comments Add Comment

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड दुई लाख सहयोग

२८ भदौ, काठमाडौं । दक्षिण कोरियालीको कोरीया साउथ-इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ रुपैयाँ सहयोग गरेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बुधबार परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरेका हुन् ।

उपप्रधानमन्त्री महराले कोरीया साउथ-इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिल्लो त्रिसुली-१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली-१ परियोजान भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराए । उनले विद्युत् खरिद् सम्झौदा (पीपीए)लाई अघि बढाइदिन आग्रह समेत गरेका छन् ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment