Comments Add Comment

प्रमुख आयुक्तको प्रश्नः प्रधानमन्त्रीलाई जरिवाना गर्न मिल्छ र ?


२८ भदौ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारलाई लिएर सरकारसँग थप विवाद नगर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि आचार संहिता उल्लंघन भएको ठहर गर्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले मन्त्रिपरिषद् विस्तारबारे आयोगको ध्यानाकर्षण भएको र आपत्ति जनाइसकेका भन्दै थप विवाद गर्ने पक्षमा नरहेको बताए । आयोग निरिह भन्यो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई जरिवाना गर्न मिल्छ र ?’

उनले प्रदेश २ को चुनावका क्रममा आचार संहिता उल्लंघन भइरहेको स्वीकार गरे ।

उपप्रधानमन्त्रीदेखि दलका नेताहरुलाई समेत स्पष्टीकरण सोधिएको भन्दै उनले भने, ‘चुनावलाई जनताले रंगहरुको पर्वका रुपमा लिएका छन् । आचार संहिता उल्लंघनलाई उल्लासको अभिव्यक्तिका रुपमा पनि लिनुपर्छ ।’

तर, दिनदिनै भोजभतेर भइरहेको खबर आएको छ नि भन्ने प्रश्नमा यादवले भने, ‘अहिले जितिया पर्व, स्रोह्र श्राद्ध छ । भोजभतेर भइहाल्छ नि । यदि कुनै उम्मेदवारले गरेको छ भने प्रमाणसहित आउनुस्, कारबाही गर्छु ।’

प्रमुख आयुक्त यादवले प्रदेश २ को चुनावको सम्पूर्ण तयारी लगभग पूरा भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment