मंगलबार, ५ मंसिर, २०७४
OnlineKhabar.com

विराटनगरमा सुपथ मूल्य पसल सञ्चालन

२८ भदौ, विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ ।

बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नूनको मूल्य रु २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।

भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ ।

२०७४ भदौ २८ गते १५:४२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this