Comments Add Comment

‘नेपथ्य’को ‘मै मरी जाउँला’ बोलको गीतको भिडियो सार्वजनिक


लोकरक व्याण्ड ‘नेपथ्य’ले आफ्नो रजत उत्सवको अवसर पारेर नयाँ म्यूजिक भिडियो बजारमा ल्याएको छ । यसपटक ‘मै मरी जाउँला’ बोलको गीत ब्याण्ड स्थापनाको २५ बर्ष पुगेको अवसरमा श्रोता तथा दर्शकलाइ उपहार दिएको घोषणा पनि गरिएको छ ।

यो गीत नेपथ्यको नवौं एल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो । यो गीतको शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ । यो गीतले वैदेशिक रोजगारका सिलसिलामा विदेश भासिएकाहरुको मनको बेदनालाइ बोल्ने व्याण्डमा सदस्यहरु बताउँछन् ।

अब नयाँ म्यूजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दशौं एल्बमको गीतमाथि बन्ने नेपथ्यले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment