Comments Add Comment

जेसीबीको आधिकारिक आउटलेट अब गल्छीमा पनि

२८ भदौ, काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ ।

‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो ।
नयाँ ‘एआरओ’को उद्घाटन जेसीबी इन्डिया लिमिटेडका रिजनल सर्भिस म्यानेजर विशाल बन्धु र एआरओका म्यानेजिङ डाइरेक्टर मुरारी आचार्यले संयुक्त रुपमा भएको थियो । यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ ।
जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै हेटौडा र डडेलधुरामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।
हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् ।
पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।
नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सलेे काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ ।
जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment