Comments Add Comment

साफ यू-१८ च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

फाइल तस्वीर

२८ भदौ, काठमाडौं । भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक गरिएको छ । आगामी असोज २ देखि ११ गतेसम्म भुटानमा आायोजना हुने प्रतियोगितामा सार्कका पाकिस्तान र श्रीलंकाबाहेक ५ टोलीको सहभागिता छ ।

श्रीलंकाले अन्तिम समयमा नाम फिर्ता लिएपछि टाइसिट पुनः बनाइएको हो ।

प्रतियोगिता लिग प्रणाालीमा सञ्चालन हुन्छ । सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।

दुई वर्षअघि नेपालमा सम्पन्न साफ यू-१९ च्याम्पियनसिपको नतिजाका आधारमा टिमको र्‍याङकिङ गरिएको छ । नेपाल साफ यू-१९ बिजेताको हैसियतले पहिलो श्रेणीमा छ ।

प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल असोज ४ गते घरेलु टोली भुटानसँग खेल्नेछ । त्यस्तै असोज ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।

२३ सदस्यीय नेपाली टोलीको घोषणा

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदस्यीय नेपाली यू-१८ फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिषक छिरिङ लोप्साङले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीका सदस्यहरुमा

गोलरक्षक- सन्देश गुरुङ, अभिशेक बराल र अर्पण कार्की

डिफेण्डर- सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बू, आकाश श्रेष्ठ, अशिम भुसाल, बिकास खवास, निराजन महर्जन र राजन गुरुङ

मिडफिल्डर- अशोक थापा मगर, अभिशेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदाङ्वे, राम ओजे, राजीव लोप्चन र दिनेश हेन्जन

फरवार्ड- धिरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजेन तामाङ र दिपेश आलेमगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment