Comments Add Comment

नेपाल इन्भेष्टमेन्टको भदौ २१ को कारोबार रद्ध

२८ भदौ, काठमाडौं । भदौं २१ गते भएको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रद्ध गरिएको छ । सो दिन बोनस सेयर र नगद लाभांशको प्रतिशतमा ‘टाइपिङ समस्या’ भन्दै सार्वजनिक सुचना प्रकाशित भएको १० मिनेटमा नै कम्पनीले लाभांश सच्चाएपछि यसको लगानीकर्ताहरुबाट व्यापक विरोध भएको थियो ।

लाभांश घोषणा लगत्तै बढेको कम्पनीको सेयर मूल्य लाभांश सच्चिएर आएपछि भने केहि घटेको थियो । कम्पनीले झुक्याउदा आफ्नो लगानी डुबेको भन्दै लगानीकर्ताहरुले विरोध गरेपछि त्यसदिनको कारोबार नै रद्ध गरिएको नेप्सेले उल्लेख गरेको छ । बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment