Comments Add Comment

दशैँका लागि रुपन्देहीमा नयाँ नोट वितरण सुरु

२८ भदौ, भैरहवा । नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवा (सिद्धार्थनगर)ले हिन्दु धर्मालम्वीको दशैँ पर्वका लागि नयाँ नोट वितरण सुरु गरेको छ ।

बैंकले भदौ २८ गते देखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको भैरहवा शाखाले सर्वसाधरणहरुका लागि २ वटा काउन्टरबाट ५, १०, २०, ५० रुपैयाँको २/२ प्याकेट र एक सय रुपैयाँको एक प्याकेट गरी प्रति व्यक्ति २७ हजार रुपैयाँ वितरण भइरहेको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक विज्ञान सुवेदीले जानकारी दिए ।

बुधवारबाट राष्ट्र बैंकदेखि वितरण कार्य सुरु भएपनि जिल्लाका अन्य बैंक तथा वित्तीय संस्थालाई असोज १ गते आइतबारबाट नयाँ नोट प्रदान गर्ने र उक्त बैंकहरुबाट पनि नयाँ नोट सटही गर्न सकिने उनले बताए ।

नयाँ नोट सटही गर्ने पहिलो दिन करिब ३ सय जना सर्वसाधारणले नयाँ नोट सटही गरेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको भैरहवा शाखा अन्र्तगत रहेको रुपन्देही बाहेकका नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्युठानमा बाट पनि नयाँ नोट वितरणका लागि शुक्रवारसम्म नयाँ नोट पठाइने कामु निर्देशक सुवेदीले बताए ।

उनका अनुसार उक्त जिल्लाहरुमा रहेका नोट कोष सुबिधा उपलब्ध रहेको बैंक मार्फत नँया नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको भैरहवा शाखाले कपिलबस्तु, प्युठान र रोल्पा जिल्लामा भने नँया नोट पठाइसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको भैरहवा शाखाले मात्र गत बर्ष दशैँमा ७६ करोड नँया नोट (रुपन्देहीमा मात्रै) सटही गरेको थियो । तर, यस बर्ष १ अर्ब रुपैयाँ भन्दा बढी नँया नोट सटही अनुमान गरिएको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक विज्ञान सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment