Comments Add Comment

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

२८ भदौ, काठमाडौ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो ।

उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका छन् ।

उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट पार्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

यता अस्पतालले भने कमलाको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment