Comments Add Comment

चाडपर्वलाई लक्षित गरी भैरहवा नाकामा ‘हेल्प डेस्क’ स्थापना

मनोमानी भाडा लिए 'अन द स्पट' कारवाही

२८ भदौ, भैरहवा । रुपन्देही प्रहरीले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाको सिमानाका बेलहियामा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।

दशैं-तिहारको समयमा यात्रुहरु अलपत्र पर्ने, लुटिने, दुर्व्यबहार हुने लगायतका घटना नहोस् भन्ने उद्देश्यले नागरिकको सहायताको लागि हेल्प डेस्क स्थापना गरिएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख इन्स्पेक्टर रविन विष्टका अनुसार भारतबाट दशैं मनाउन स्वदेश फर्किएका नेपालीहरुले यातायात, होटल, खाना लगायतका सम्बन्धमा जानकारीहरु लिइरहेका छन् ।

दशैं मनाउन आफ्नो घर फर्किने क्रममा बाटोमा लुटिएका व्यक्तिहरुलाई बस चालक, व्यवसायीको सहयोगमा उनीहरुको गन्तव्यसम्म पुर्‍याउनका लागि पनि हेल्प डेस्कबाट व्यवस्था मिलाइएको प्रहरी निरीक्षक विष्टले बताए ।

उनले दशैं मनाउन फर्किरहेका नेपालीहरुसँग मनोमानी रुपमा भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीवालाहरुलाई सचेत गराइएको र यदि मनोमानी भाडा लिएको पाइएमा ‘अन द स्पट’ कारवाही गरिने बताए ।

उनले अहिलेसम्म मनोमानी भाडा लिएको सम्बन्धमा कार्यालयमा कुनै गुनासो र कुनै उजुरी नपरेको तर आफुहरु यस विषयमा निकै सजग रहेको बताए ।

कसलाई केही समस्या परेमा ९८५७०९०६२२ वा १०० नम्बर सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment