Comments Add Comment

१९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

२८ भदौ, काठमाडौं । न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ ।

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ ।

न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment