Comments Add Comment

अध्यागमनका सुब्बा घुससहित अख्तियारको नियन्त्रणमा

पालुङटारका सव-इन्जिनियर देवकोटाबिरूद्ध बिशेष अदालतमा मुद्दा दायर

२८ भदौ, काठमाडौं । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगको टोलीले अध्यागमन बिभागका नायब सुब्बा कोषराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

भिषा एक्स्टेन्सन गर्ने प्रायोजनका लागि सेवाग्राहीसँग ४० हजार घुस लिइरहेका बेला अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो ।

यसैबीच अख्तियारको पोखरा कार्यालयले घुससहित नियन्त्रणमा लिएका पालुङटार नगरपालिकाका सव-इन्जिनियर सुनील देवकोटाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माणाधी घर पुनर्निर्माणको कागजात मिलाइदिने भन्दै २५ हजार घुस लिएका देवकोटा दुई साताअघि पक्राउ परेका थिए । अख्तियारले उनीबिरुद्ध २५ हजार बिगो दावीसहित मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment