Comments Add Comment

दुई नं. प्रदेशमा सेनाले ४० किलोमिटर सडक स्तरोन्नती गर्‍यो

२८ भदाै, काठमाडाैं । गत साउनमा आएको बाढीबाट प्रभावित भएका प्रदेश नं.२ का ८ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरु नेपाली सेनाले मर्मत तथा स्तरोन्नती गरेको छ ।

असोज २ गते हुने तेस्रो चरणको स्थानीय चुनावमा मतदाताहरुलाई मतदान केन्द्रसम्म पुग्न सहज होस् भनी स्थानीय निकायहरुसँगको सहकार्यमा सेनाले मर्मततथा स्तरोन्नतीको काम सम्पन्न गरेको हो ।

प्रदेशका ८ वटा जिल्लामा ४०.६८ किलो मिटर सडक, तीन वटा पुल र २१ वटा कल्भर्टहरु मर्मत तथा स्तरोन्नती गरेको छ । यही भदौ १२ गतेदेखि खट्टएिको सेनाको टोलीले पर्साका ४ स्थानमा १०६५ मिटर सडक र एउटा कल्भर्टको मर्मत गरेको  हो ।

यस्तै बारामा ५ स्थानमा ७०१५ मिटर सडक, रौतहट जिल्लाको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानहरुमा ३८५५ मिटर सडक र १ वटा पुल, सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका र बलरा ननगरपालिकाको विभिन्न १४ स्थानमा साढे १५ किलोमिटर सडक र तीन वटा कल्भर्टको मर्मत तथा स्तरोन्नती गरेको सेनाले जनाएको छ ।

महोत्तरी जिल्लाको लोहरपट्ट गाउँपालिका र खुटा प्रिपाडीका १२ स्थानमा ४,२७४ मिटर सडक, दुई वटा पुल र तीन वटा कल्भर्ट, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका र ककनपट्टकिो विभिन्न १० स्थानमा ७२७ मिटर सडक र तीन वटा कल्भर्टको स्तरोन्नती गरिएको सेनाले जनाएको छ ।

सिरहा जिल्लाको विष्णुपुर, बरियापट्ट गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा ३,३०० मिटर सडक र १० वटा कल्भर्टको मर्मत गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सप्तरी जिल्लाको शंखरापुर, तिगाढी-कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ स्थानमा पनि ५,००७ मिटर सडक र एइउटा वटा कल्भर्ट मर्मत तथा स्त्तरोन्ती सेनाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment