Comments Add Comment

सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस

२८ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ ।

न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् ।

न्याय परिषदको बुधबारको बैठकले जिल्ला अदालतका १९७ न्यायाधीशको सरुवा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment