Comments Add Comment

आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा


२८ भदौ, काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनमा पर्व बहादुर राईले जीवन बिमा पाएका छन् ।

सफ्टवेयर पद्वतिमाआधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई भाग्यशाली विजेतामा छनोट भएका हुन् । भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्योरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको यस कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’ मा ९ सय जनाले आईएमई पे क्यासमार्फत् पुरस्कृत भएका छन् ।

मंसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुने यस कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रहेर विजेता छानिन्छ ।

स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी सेवा दिइरहेको छ । कम्पनीले १ सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ४ सयभन्दाबढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट भुक्तानी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment