Comments Add Comment

मेगा बैंकको हदप्रद सेयर निष्काशन

२८ भदौ, काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीका लागि हकप्रद सेयर निष्काशन गरेको छ ।  बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । बैंकले प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड रुपैंया बराबरको २ करोड ९७ लाख कित्ता शेयर निष्काशन गरिएको हो ।

आगामी असोज ३० गतेसम्म आफूलाई पायक पर्ने मेगा बैंकका शाखा र नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

बैंकको गत साधारण सभाले बोनस सेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । बैंकका सेयरधनीहरुले लाभांश प्राप्त गरिसकेका छन् ।

हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको मुनाफाबाट वितरणयोग्य रकम समेत गरी बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढी पुग्ने भएको छ । बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment