Comments Add Comment

नेपालगन्ज कारागारमा लागूऔषध मुद्दाका कैदीबन्दी धेरै

५४ जना विदेशी नागरिक पनि जेलमा

२८ भदौ, नेपालगन्ज । नेपालगन्ज कारागारमा लागु औषधको मुद्दामा सबैभन्दा बढी कैदी र थुनुवा रहेका छन् । क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी रहेको सो कारागारमा लागू औषधका मात्र करिब २ सय कैदी बन्दी छन् ।

नेपालगन्ज कारागारका निमित्त जेलर श्याम लामिछानेले कारागारमा १७९ जना लागू औषधको मुद्दामा कैदी बन्दी रहेको बताए । उनले भने, ‘कारागारमा रहेका कैदी बन्दी र थुनुवा मध्ये १७९ जना लागू औषधको मुद्दाका छन् । यसमा पनि २९ जना गैरनेपाली नागरिक छन् ।’

नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवाको कारण सुत्न बस्न स्थान अभाव छ । कारागारमा ३ सय जनाको क्षमता रहेको भए पनि ५६ महिलासहित ६ सय ५४ कैदी बन्दी र थुनुवा रहेका छन् ।

नेपालगन्ज कारागारमा कर्तव्य ज्यान मुद्दाका १६६, बलात्कारको मुद्दामा ७६ कैदी र २७ थुनुवा गरी १०३ जना अपहरण तथा शरिर बन्धकको मुद्दामा ४७ जना रहेका छन् ।

जेलर लामिछानेका अनुसार केही सार्वजनिक अपराधका मुद्दा र पटके चोरीको मुद्दामा एक/दुई हजार जरिवाना समेत तिर्न नसक्नेहरुलाई कारागार पठाउने गर्दा पछिल्लो समयमा थुनुवा र कैदीको संख्या बढेको बताउँछन् ।

नेपालगन्ज कारागारमा रहेका कैदी थुनुवा मध्ये ५४ जना गैरनेपाली छन् । उनीहरुमा १ जना पाकिस्तानी, २ जना बंगलादेशी र बाँकी ५१ जना भारतीय नागरिक विभिन्न मुद्दामा थुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment