Comments Add Comment

रिलायवल माईक्रोफाइनान्स अकेलाले लिए सपथ

२८ भदौ, काठमाडौं ग्लोवल आईएमई बैंकको सहायक कम्पनी रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिको निर्णयानुसार बुद्धि अकेलालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवनियूक्त अध्यक्षले मंगलवार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
कम्पनीमा संस्थापक बैंकको तर्फवाट प्रतिनिधित्व गर्नेमा बुद्धि अकेला, रुपेन्द्र वाग्ले र दिपेश वावु तिवारी रहेका छन् । सर्वसाधारण सेयरधनीको तर्फवाट सञ्चालकमा प्रविन पछाई रहेका छन भने स्वतन्त्र सञ्चालकमा विजयराज जोशिलाई आगामि ४ वर्षको लागि नियूक्त गरिएको छ ।
लमजुङ जिल्लाको वेसिशहरमा केन्द्रिय कार्यालय रहेको क्षेत्रीयस्तरको यस वित्तीय संस्थाले गतवर्ष मात्रै ५ जिल्ला कार्यक्षेत्र थप गरी कुल १५ जिल्ला रहेको छ । आफ्नो कार्यक्षेत्रको सवै जिल्लाहरुमा गरी कुल २५ शाखा सञ्जाल रहेको संस्थाको कर्जा लगानी रु. ४९ करोड, निक्षेप रु. १८ करोड रहेको छ । बैंकले मुनाफावाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकवाट समेत स्वीकृृत भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment