Comments Add Comment

प्रमुख सात दललाई आयोगको पत्र, आचार संहिता पालना गर्न आग्रह

२८ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय चुनावमा आचार संहिता उल्लंघन भएको भन्दै प्रमुख सात दललाई पत्र लेखेको छ । आयोगले आचार संहिता पालना गर्न र त्यसविपरित भएका कामहरु तत्काल रोक्न आग्रह गरेको छ ।

आयोगले बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण पालना गर्न/गराउन आग्रह गरेको हो ।

अयोगका अनुसार निर्वाचन प्रचार प्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको पाइएको छ । साथै निर्वाचन चिहृन अंकित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर प्रयोग हुनुका साथै भित्ते लेखन, तोकिएको आकारभन्दा ठूलो ब्यानर र झण्डाहरु प्रयोग भएको छ ।

दलहरुले चुनाव प्रचारमा बालबालिका प्रयोग गर्नुका साथै सार्वजनिक स्थलहरुमा पोस्टर टाँसेको भेटिएको छ, जुन आचार संहिता विपरित हो ।

यो पनि पढ्नुस् 

निर्वाचन आयोगले निधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment