Comments Add Comment

ओम अस्पतालमा विरामी मृत्युको घटना छानबिन गर्न कमिटी गठन

२८ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले ओम अस्पतालमा विरामीको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरेको छ ।

प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यहरुमा डा. विकास देवकोटा, डा. ढुन्डी पौडेल र नर्स अमृता पहाडी छन् । समितिको सदस्यसचिव भने स्वास्थ्य मन्त्रालयका एक जना उपसचिव छन् ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशन गरेको करिब २४ घण्टाभित्र बुधबार मृत्यु भएको छ । सो घटनापछि विरामीका आफन्तले अस्पताल परिसरमा अस्पतालविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

यो पनि पढ्नुहोस् 

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment