Comments Add Comment

एनआरएनएको महासचिवमा त्रिलोक गुरुङको उम्मेदवारी

२८ भदौ, हङकङ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को महासचिव पदमा हङकङका लोकपि्रय गैरआवासीय नेपाली अगुवा त्रिलोक -यमकुमार) गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार गैरआवासीय नेपाली संघ हङकङले आयोजना गरेको कार्यक्रममा गुरुङले महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली अभियानमा सक्रिय गुरुङले यसपटक महत्वपूर्ण पदमा रहेर संघलाई योगदान दिने उद्देश्यस्वरुप उम्मेदवारी घोषणा गरेको बताए ।

दुई कार्यकालसम्म गैरआवासीय नेपाली संघ हङकङको अध्यक्ष रहेका गुरुङ सन् २०११ देखि १३ सम्म एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय संयोजक रहेका थिए ।

त्यसपछि उनी लगातार दुई कार्यकाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सल्लाहकार रहेका छन् ।

पूर्व बेलायती सेनाका अफिसर उनी हङकङ तथा मकाउमा ब्यबसाय सञ्चालन गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघले पछिल्लो दिनमा सञ्चालन गरेका कार्यक्रममाहरुमा गुरुङ सक्रिय सहभागी रहने गरेका छन् । गैरआवासीय नेपाली भवन निर्माण, भूकम्पमा राहत बितरण तथा लाप्राक नमुना वस्ती निर्माणमा गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । स्वयंसेवक परिचालन गर्नेमात्र हैन, आफै ठूलो स्केलमा आर्थिक सहयोग गरेर पनि उनले गैरआवासीय नेपाली अभियानमा योगदान दिएका छन् ।

बिपतका बेला समूदाय परिचालन तथा आर्थिक संकलनमा उनको बिशेष दक्षता देखिएको छ जसका कारण संघले उनको योगदानबाट मनग्य लाभ लिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment