Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा

२९ भदौ, काठमाडौं । काठमाडौंबाट बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । विशेष गरेर प्रदेश २ को नजिकिँदो निर्वाचनको वरिपरि रहेर आज पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।

प्रदेश नं. २ को निर्वाचन तयारी अन्तिम चरणमा पुगेको विषयलाई आजका अधिकांश दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा छापेका छन् । पत्रपत्रिकाहरुले मतपत्र र मतपेटिकासहित कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा पुगेको लेखेका छन् ।

सांसद्को पदावधि मात्रै ३८ दिन बाँकी हुँदा सरकारले म्याद सकिन लागेका सांसद्हरुमार्फत अर्बौं रुपैयाँका योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ । यसलाई पनि आजका पत्रिकाहरुले जोडदार रुपमा उठाएका छन् ।

आजका पत्रपत्रिकाहरुले देउवाको सय दिनको समीक्षा समेत गरेका छन् । राष्ट्रियसभा गठनको तौरतरिकादेखि कर्मचारीले राजनीति गरे बर्खास्तसम्मका खबर आजका पत्रपत्रिकामा पढ्न सकिन्छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपीडितलाई राहत तथा अन्य सुविधा दिन प्राधिकरण गठन गर्ने भनेर व्यक्त गरेको प्रतिवद्धतालाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएको छ । प्रदेश २ मा भोलिदेखि परिचयपत्र वितरण गरिनेलाई पनि गोरखापत्रले महत्त्वक साथ लेखेको छ । सवारी नम्बर प्लेट देवनागरी लिपिमा सम्भवलाई गोरखापत्रले एंकर बनाएको छ ।

३८ दिनमात्रै पदावधि बाँकी रहेका सांसद्मार्फत निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयन गर्न लागिएको कान्तिपुर दैनिकले लेखेको छ । कान्तिपुरमै राष्ट्रिय सभा सदस्य चुनिने प्रक्रियाबारेको एक सामग्री पनि छापिएको छ ।

सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । अन्नपूर्णले नै देउवाको सय दिने कार्यकालको समीक्षा गरेको छ । ‘क्याडर’ मात्रै न्यायाधीश सिफारिसदेखि पशुपति विकास कोषको जग्गा भाडा बेथितिसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा अटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment