Comments Add Comment

‘क्याडर’ मात्रै न्यायाधीश सिफारिस, कानुन व्यवसायी नपरेपछि बार रुष्ट

२९ भदौ, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ ।

उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान न्यायाधीश सिफारिसमा परेका छन् ।

न्यायाधीशमा कानून व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट क्याडरबाट मात्रै सिफारिस गरिएको छ ।

सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाइएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment