Comments Add Comment

पत्रपत्रिकाका आर्थिक समाचार: करोड धरौटीविरुद्ध व्यवसायी

२९ भदौ, काठमाडौं । सरकारले म्यानपावर कम्पनी दर्ता गर्दा एक करोड रुपैयाँ नगदै धरौटी राख्नुपर्ने नयाँ व्यवस्था गर्न लागेको छ । व्यवसायी भने सरकारी कदमविरुद्ध उभिएका छन् ।

म्यानपावर कम्पनीको संख्या धेरै हुँदा अनुगमन गर्न नसकिएको बताउँदै आएको सरकारले धरौटी रकम बढाएर नियन्त्रण गर्ने प्रयास गरेको हो ।

आजको नागरिक दैनिकले करोड धरौटीविरुद्ध व्यवसायीलाई मुख्य समाचार बनाएको छ । भारतवाट ३५ हजार खसीबोका ल्याइँदै भन्ने खबर नागरिकमा छापिएको छ ।

इन्टरनेटमा प्रतिस्पर्धा बढाउन आईएसपी थपिँदैलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । विद्युत चुहावटबाट करोडौं नोक्सानलाई पनि अन्नपूर्णले लेखेको छ । ताप्लेजुङको सबै गाउँपालिका बैंकविहीनलाई पनि अन्नपूर्णले छापेको छ ।
विदेशी लगानीकर्ताको आकर्षण साना उद्योगमालाई कारोबार दैनिकले लेखेको छ । नक्कली भ्याट विलको सन्दर्भमा ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दालाई पनि कारोबारले लेखेको छ । सेयरबजार घटाउने प्रयासमा ठूला लगानीकर्ता भन्ने खबर कारोबारमा छापिएको छ भने फरार अभियुक्तको राहदानी रद्द गरिनेलाई पनि कारोबारले लेखेको छ ।

घरेलु तथा साना उद्यमी मर्कामालाई मुख्य समाचार बनाएको अभियान दैनिकले सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्रलाई पनि अभियानले लेखेको छ ।

विस्तारित हुँदै मोबाइल तथा इन्टरनेटलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले चीनले नेपालका ठूला नदी बेसिनको अध्ययन गर्नेलाई पनि लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment