Comments Add Comment

रोनाल्डोको दुई गोलसँगै रियल मड्रिड विजयी

२९ भदौ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा एपेल निकोसियालाई हराउँदै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा यात्रा सुरु गरेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा रियलले एपेल निकोसियालाई ३–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा साविकको विजेता रियल मड्रिडले १२ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै रियलले पाएको पेनाल्टीमा रोनाल्डोले नै गोल गरे ।

खेलको ६१ औं मिनेटमा रामोसले गोल गरे र रियल मड्रिडलाई ३–० गोल अन्तरले हराएको छ ।

बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले बोरुसिया डर्टमुन्डलाई ३–१ गोल अन्तरले हराएको छ । लिभरपुलले सेभिल्लासँग २–२ को बराबरी खेल्दा म्यानचेष्टर सिटीले फेनोर्डलाई ४–० गोल अन्तरले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment