Comments Add Comment

कुलमानको घोषणाः १० वर्षमा १२ हजार मेगावाटको वितरण प्रणाली विस्तार


२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गरेका छन् ।

आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लदागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताए ।

‘केही वर्षमा हामी उत्पादित विजुली खपतकोबारेमा चिन्तित हुने अवस्था आउँछ । त्यसैले अधिकतम् रुपमा देशभित्रै विजुली खपतको वातावरण बनाउन प्रमुख शहरी तथा औद्योगिक क्षत्रेमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउँछौं ।’

उनले अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना पनि सुनाए । सँगै विभिन्न सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने जानकारी घिसिङले दिए ।

प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि पनि लागेको उनको भनाइ छ ।
प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment