Comments Add Comment

सरोकारवालाले झक्झकाएपछि फर्कियो लगानीकर्ताको विश्वास, नेप्सेमा दोहोरो अंकको वृद्धि

बैं
२९ भदौ, काठमाडौं । गएको १ महिनामा १ सय ३५ अंकले घटेको नेप्से परिसूचक विहीवार एकै दिन ३७ अंकले सुधार भएको छ ।  लगातार घटेको बजार बारे सरोकारवालाहरुबाट आएको प्रतिक्रियाले बजारमा सुधार देखिएको हो । बजार एकाहोरो घट्न पर्ने कारण नभएपनि ठुला लगानीकर्ताहरु बजार घटाउन लागि परेको भन्ने विचारहरु सम्प्रेषण हुन थालेपछि पनि लगानीकर्ताको मनोबल बढेको हो ।

यता, विहीवार नै १ अर्ब २० करोड बराबरको सामूहिक लगानी कोषले सेयर जारी सम्बन्धि आवहान निकालेको, कात्तिकबाट अनलाइन प्रणाली ल्याउने गृहकार्य भइरहेको जस्ता कुराहरुमा लगानीकर्ताहरु पुनः आशावादी देखिन थालेपछि पनि बजारमा सुधार देखिएको हो ।

अर्कोतर्फ बजार उच्च अंकले घटिरहेको र सस्ता सेयरहरु प्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिएपछि पनि बजारमा सुधार भएको हो । विहीवार कै कारोबार प्रवृत्ति हेर्ने हो भने उच्च मूल्य बढेका १० कम्पनीमा ६ वटाको मूल्य ५ सय रुपैयाँ मुनि रहेको छ ।
एकै दिन ५ प्रतिशतभन्दा धेरैले मूल्य बढ्नेमा पनि यिनै मूल्य रेञ्जका कम्पनीहरु रहेका छन् ।

बैंकहरुले हाल निक्षेपको व्याजदर थप घटाउदै लगेकाले पनि बजारमा आकर्षण बढ्न थालेको छ । सेयर धितोमा जारी हुने कर्जाको वयाजदरमा भने साखै सुधार देखिइसकेको छैन् ।

बजारमा आपुर्ती घटेको कारण नै बजार बढेको भने देखिदैन् । बजारमा यस दिन पनि लाखौंको संख्यामा नयाँ सेयर सूचीकरण भएको छ । तर, बजारमा आइरहेका सकारात्मक प्रतिक्रियाहरुले पनि बजार वृद्धिको बाटोमा देखिन थालेको हो ।

यसदिन करिब २ वर्षपछि कारोबारमा आएको बिशाल बजारको सेयर मूल्य पनि बढेर कारोबार भएपछि ट्रेडिङ समूहको परिसूचक पनि वृद्धि भएको छ । यसदिन सबै समूहको परिसूचक बढेको छ । बजारमा कारोबार रकममा भने खासै बढ्न सकेको छैन् । यसदिन ६३ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment