Comments Add Comment

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयोः कमल थापा

२९ भदौ,पोखरा । राप्रपा अध्यक्ष कमल थापाले ठूला दलका केही नेताले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको बताएका छन् ।

पार्टीकरणका कारण धमिल हुँदै गएको राज्य संयन्त्र सुधारका लागि जनजस्तरबाटै दवाब दिनु पर्ने उनले बताए ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले भने, ‘राज्यका संयन्त्रहरु पार्टीको प्रभावमा परेका छन्, संवैधानिक निकाय र अदालत समेत पार्टीकरण हुँदा जनतामा न्याय र प्रजातन्त्रप्रति आस्था घट्न थालेको छ ।’

उनले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग असफल भएको टिप्पणी गरेका छन् । आचारसंहिता लागू भएपछि पनि सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा लगायतका काम गर्दा आयोगले आचार संहिता उलंघन भएको भनेपनि कारबाही गर्न नसकेको उनको भनाइ छ ।

निर्वाचनको निश्पक्षतामाथि नै गम्भीर प्रश्नचिन्ह उठेको भन्दै राप्रपा अध्यक्ष थापाले आचारसंहिता पालनालाई सशक्त र प्रभावकारी बनाउन आयोगलाई आग्रह गरे ।

थापाले पार्टी फुटको असर मनोवैज्ञानिक रुपमा भएपनि सांगठनिक रुपमा नभएको दाबी गरे । आगामी चुनावमा पार्टीले मत र स्थान सुधार गर्ने उनले बताए ।

उनले आगामी चुनावलाई लक्षित गरेर राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जानकारी दिए । दशैं र तिहारको बिचमा नेपालकै सबैभन्दा होंचो भाग तथा स्थानिय तहमा राप्रपाले जितेको झापाको कचनकवलबाट स्वाभिमान यात्रा शुरु भई पश्चिम महेन्द्रनगरमा पुगेर टुंगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment