Comments Add Comment

मकाउमा ‘पाटा ट्राभल मार्ट’मा नेपाल पनि सहभागी


२९ भदौ, मकाउ । चीनको मकाउमा सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१७’ मा नेपाल सहभागी भएको छ । मार्टमा पाटा-नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, विभिन्न होटल, ट्राभल एजेन्सी लगायत सहभागी छन् । यसमा ६० देशका १ हजारभन्दा बढी प्रतिनिधी सहभागी भइरहेका छन् ।

मार्टमा भाग लिन मकाउ आइपुगेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विनाशकारी भूकम्पपछि पछिल्ला दिनमा नेपालको पर्यटनले गति लिन थालेको बताएका छन् ।

पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटाले आयोजना गर्ने मार्ट वर्षौंदेखि क्रेता र बिक्रेताको राम्रो मञ्च भएको दावी गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment