Comments Add Comment

यसरी सम्पन्न भयो अनेसासको पाँचौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (तस्वीरसहित)

१५ सेप्टेम्बर, पर्थ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राराष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा सम्पन्न भएको छ ।

नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थको द म्याकेडेनीएन कम्युनीटीसेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थको आयोजनामा सम्पन्न भएको थियो ।

संसारभरका बिभिन्न देशहरुमा रहेका अनेसासका झन्डै दुई दर्जन च्याप्टरहरुबाट सहभागिता रहेको सो सम्मेलनमा, अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, एनआरएन ग्लोबलका उपाधक्ष्य भबन भट्ट, अनेसास केन्ऽका सल्लाहकार मोहन सिटौला, नेपालका बरिस्ठ निबन्धकार युवराज नयाँघरे, चर्चित साहित्यकार एल बि क्षेत्री , अनेसास केन्ऽका उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली समकालिन कबितामा प्रखर कवि सन्ध्या पहाडी लगायत विश्वका बिभिन्न भुभागमा बसोवास गर्ने नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको अभूतपूर्व जमघट रहेको थियो ।

कृति बिमोचन

नेपालको र अस्ट्रेलियाको राष्ट्रि य गानबाट सुरु भएको उद्घाटन सत्रमा अनेसास पर्थ च्याप्टरका अधक्ष्य गणेश घिमिरेको गजल संग्रह ‘ यादहरुको पहाड’, पर्थकै राजेश बुढाथोकीको कविता संग्रह ‘जलिरहेको देश’, अनेसास केन्द्रका बरिस्ठ उपाध्यक्ष राधेश्याम लेकालीको निबन्ध संग्रह ‘नाथे भात’ , अनेसास केन्द्रको प्रकाशन ‘अन्तरदृस्टी’, नेपालका साहित्यकार लकास पौडेलको छंद कविता संग्रह ‘बिनियोग’, अनेसास केन्द्रका क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको अडियो बुक ‘सफलजीवनका सूत्रहरु’ नेपालकी साहित्यकार तथा गीतकार बाबा बस्नेतको गिती संग्रह ‘बिहानी’को प्रमुख अतिथी तथा अतिथीहरुबाट लोकार्पण भएको थियो ।

राधेश्याम, राम र विमल अनेसास हिरो

कार्यक्रममा अनेसास हिरोको अवार्ड अनेसास केन्द्रका बरिस्ठ उपाध्यक्ष्य राधेश्याम लेकाली, अनेसासका पूर्व उपाध्यक्ष राम खत्री र पूर्व सल्लाहाकार बिमल नेपाललाई प्रदान गरिएको थियो ।

त्यस्तै ‘अनेसास राम लामा’ पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदिलाई डायस्पोरिक साहित्यमा लामो समयदेखि योगदान गरे बापत सम्मान स्वरूप प्रदान गरियो ।

एनआरएन उपाध्यक्ष भबन भट्टले महिला साहित्यकारहरुलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष प्रदान गर्ने गरी एउटा पुरस्कार स्थापना गर्दै अनेसाससँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै एनआरएन ग्लोबल उपाध्क्ष भवन भट्टले आगामी दिनमा अनेसास र एनआरएनको विश्वब्यापी सञ्जाल सँगसँगै काम गर्न आफू तयार रहेको भन्दै अनेसासको नेपाली भाषा र साहित्यलाई सम्बर्धन गर्ने अभियानमा एनआरएनको सदैब साथ र सहयोग गर्ने प्रतिबद्दता प्रकट गरे ।

लेखनीमा इमान्दारिता आवश्यक

कार्यक्रमका बरिस्ठ साहित्यकार तुलसी दिवसले हरेक लेखकमा इमान्दारिता हुनु पर्ने बताउदैं प्रवासमा रहेका लेखक तथा साहित्यकारहरुले पनि आˆनो लेखनमा इमान्दारिता देखाउन आग्रह गरे ।

साथै बरिस्ठ साहित्यकार दिवसले अनेसासले प्रवासमा रहेका साहित्यप्रेमीहरुको कलम तिखार्न पुर्‍याएको योगदानको प्रशंशा गरे ।

उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अनेसास केन्द्रका संस्थापक अध्यक्ष तथा सल्लाहकार होमनाथ सुबेदी तथा अनेसास ट्रस्टका अध्यक्ष श्याम कार्कीको शुभकामना मन्तब्य पढिएको थियो भने अतिथिहरु राधेश्याम लेकाली, युवराज नयाँ घरे, मोहन सिटौला लगायतले शुभकामनासहित सम्बोधन गरेका थिए ।

डायस्पोरामा नेपाली साहित्यको प्रबर्धन

कार्यक्रमको दोश्रो सत्रमा अनेसास सम्मेलनका संयोजक गणेश घिमिरेले ‘डायस्पोरामा नेपाली साहित्यको प्रबर्धन’ बिषयमा प्रस्तावनापत्र प्रस्तुत गरेका थिए ।

प्रस्तावपत्रमामाथि टिप्पणी तथा छलफलसहित पहिलो दिनको कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमलाई अनेसास पर्थका सदस्य तथा संचाकर्मी कमल सिलवाल तथा मेलबोर्नमा रहेका संचारकर्मी बासुदेव मरहÝाले संयुक्त रुपमा संचालन गरेका थिए ।

वर्तमान साहित्यको मूल प्रवाहमा डायस्पोरा साहित्य

दोश्रो दिनको कार्यक्रमको सुरुआत अनेसासका क्षेत्रीय उपाध्यक्ष्य भीमसेन सापकोटाको सकारात्मक सोचको सेसनसहित सुरु भएको थियो ।

अनेसास, एनएसडब्ल्यु, अस्ट्रेलियाकी अध्यक्ष सानु घिमिरेले ‘अस्ट्रेलियाली नेपाली साहित्यको विकास, विस्तार र यसमा अनेसासको योगदान’ बिषयमा कार्यपत्र प्रस्तु गरेकी थिइन् जसमा राजु मानन्धर, डा रेनुका सोलु, भीमसेन सापकोटालगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए ।

त्यस्तै डा. लक्ष्मण गौतमले ‘वर्तमान साहित्यको मूल प्रवाहमा डायस्पोरा साहित्य’ बिषयमा मुख्य कार्यपत्र पेश गरेका थिए । जसमाथि तुलसी दिवस, युवराज नयाँघरे, मोहन सिटौला लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए ।

सोही दिनको अपरान्हमा सुरु भएको’ रचना वाचन सेसन’  पाँच घण्टासम्म चलेको थियो । जसमा सम्मेलनका सहभागीहरुले आ-आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा सम्मेलनका संयोजक गणेश घिमिरेले धन्यबाद ज्ञापन गरेका थिए भने अनेसास केन्द्रका कोषाध्यक्ष शान्तिराम ढकालले आफू अधक्ष्य रहेको सम्मेलन घोषणापत्र समूहको तर्फबाट पाँच बुँदे पर्थ सम्मेलन घोषणा पत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनको सभापतित्व गरेका अनेसास केन्ऽका अध्यक्ष पदम बिश्वकर्माले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताउँदै आयोजक पर्थ च्याप्टरलाई धन्यबाद दिदै सम्मेलन समापन भएको घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment