Comments Add Comment

नीता अब निर्मात्री, जान्नुहोस् जन्मदिनमा के-के गरिन् नायिकाले ?


नायिका नीता ढुंगाना अब निर्मात्री बन्ने भएकी छिन् । नेपाली चलचित्रका नायिकाहरुले धमाधम चलचित्र निर्माण गरिरहेको समयमा नीताले पनि सोही बाटो समातेकी हुन् । नायिका मात्र भएर काम गर्दा केही बर्षमा नै चलचित्र क्षेत्रबाट हराउनुपर्ने अवस्था श्रृजना हुने भएकाले नायिकाहरुले चलचित्र निर्माणमा हात हालेर लामो समयसम्म यो क्षेत्रमा रहिरहने उपाय रोजेका हुन् ।

बिहिबार आफ्नो २५ औ जन्मदिनको अवसर पारेर नायिका ढुंगानाले ‘नीता फिल्मस् प्रोडक्शन’ घोषणा गरेकी हुन् । अब, यो प्रोडक्शनबाट चलचित्र निर्माण गर्ने उनले खुलाइन् ।

चलचित्रका लागि कथा र निर्देशकको खोजी समेत गरिएको छ । आफ्नो ब्यानरबाट बन्ने चलचित्रमा आफै नायिका हुने या नहुने भन्ने बिषयमा पक्का नभएको नीताले बताइन् । नीताले आफूले म्यूजिक भिडियोको निर्देशन गरेको बताइन् । चलचित्र निर्देशनका लागि भने केही समय लाग्ने उनको भनाइ थियो ।

नीताले जन्मदिनको केक काट्दै चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषका लागि नगद २० हजार पनि सहयोग गरिन् । उनले चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटालाइ नगद हस्तान्तरण गरेकी थिइन् ।

नीतालाइ जन्मदिनको शुभकामना दिन नायिकाहरु झरना थापा, रुपा राना, अनु शाह, सुरविना कार्की लगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment