Comments Add Comment

सनराइज बैंकको १५ प्रतिशत बोनस प्रस्ताव


३० भदौ, काठमाडौं । सनराइज बैंकको विहीवार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनसवापत बैंकले १ अर्ब ६ करोड रुपैयाँ छुट्याएको छ ।

७ करोड ८ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि पूँजी ८ अर्ब पुग्ने भएको छ । बोनस पाउने सेयरधनीले नै लाभांश वापतको कर तिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment