Comments Add Comment

यतिको दोस्रो एटीआर विमान काठमाडौं आयो


३० भदौ, काठमाडौं । यति एअरलाइन्सले टि्वन ईञ्जिन एटीआर ७२-५०० सेवा थप विस्तारित गर्ने एमएसएन (म्यान फ्याक्चरिङ सिरियल नम्बर) ७४९ एटीआर जहाज विमानस्थलमा अवतरण गरेको छ ।

एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण ए.टी.आर ७२-५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हँदै गइरहेको छ ।
त्यसैगरी, बजारमा निरन्तर विस्तारित हुदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ ।

ए.टी.आर ७२-५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दुई ओटा प्राट एण्ड हि्वट्ने पीडब्ल्यु १२७ ईञ्जिनले शक्ति प्रदान छ ।

यी अत्याध’निक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्युन ध्वनी र न्युन गि्रनहाउस ग्यास उत्सर्जन छ ।

एयर न्युजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत ए.टी.आर ७२-५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हन् ।

ए.टी.आर ७२-५०० नोर्डिक एभिएसन क्यापिटल एनएसीवाट वित्तिय पट्टा अन्तर्गत खरिद गरिएको हो । ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रीय पट्टादाता हो ।

एयरोमेक्सिको, एयर क्यानाडा, बि्रटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गफ्डा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका ग्रुपमा रहेको छन् ।

एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३० ब्यवस्थापन सम्हालिएका विमानमा ए.टी.आर ४२, ए.टी.आर ७२, बम्बारडियर ड्याश ८, सीआरजे ९००, सीआरजे १०००, सीएस ३००, ई १७०, ई १७५, ई १९० र ई १९५ पर्छन् ।

एटीआर र बमबार्र्डियर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ ।
यती एयरलाइन्सले आफ्नो एटीआर ७२-५०० को सेवाथालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment