Comments Add Comment

बुद्ध एयरले हवाई मार्गबाटै जोड्यो भरतपुर-पोखरा


३० भदौ, चितवन । चितवनको भरतपुर अर्को पर्यटकीय नगर पोखरासँग हवाई मार्गसँग पहिलोपटक जोडिएको छ ।

बुद्ध एयरले आजदेखि हवाई सेवा सञ्चालन गरेपछि भरतपुर पोखरा हवाई सम्वन्धमा जोडिएका हुन् । यसअघि भरतपुरबाट काठमाडौंमात्रै हवाई सेवा सञ्चालनमा रहेको थियो । बिहान १० बजे पोखराबाट भरतपुरका लागि उडान तालिका रहेपनि आधा घन्टा ढिलो मात्रै भरतपुरका लागि पोखराबाट जहाज उडेको थियो ।

काठमाडौं बाहिरबाट बाहिरकै बिमानस्थलका लागि बुद्धले पहिलोपटक उडान थालेको हो । पोखराबाट भरतपुर आइपुग्न जहाजलाई ११ मिनेट लागेको बुद्ध एयरका भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले जानकारी दिए । पोखरा-भरतपुर ३ हजार ६ सय ५० रुपैया भाडा निर्धारण गरिएको छ ।

१८ सिट क्षमतको जहाज भरतपुर पोखरा चल्नेछ । आज पहिलो दिन पोखराबाट भरतपुर आउने यात्री ३ बच्चासहित १७ जना थिए भने भरतपुरबाट पोखरा जाने यात्रु १८ जना थिए ।

यसैबीच, आजैबाट पर्यटकीय सहरहरु भरतपुर, पोखरा र भैरहवा हवाईमार्गबाट जोडिएका छन् । बुद्ध एयरले शुक्रबारदेखि भरतपुर पोखरा र पोखरा भैरहवामा उडान थालेसँगै पर्यटकीय क्षेत्रबीच सिधा हवाई सम्पर्क भएर पर्यटक तथा अन्य सर्वसाधारणलाई राहत मिलेको छ ।

भरतपुर पोखरा हवाई सेवा सञ्चालन गर्न चितवनका पर्यटन व्यवसायीहरुले बुद्ध एयरलाई दवाव दिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए ।

उडानले मुख्य पर्यटकीय गन्तव्यबीच कनेक्टिभिटी भएर पर्यटक बढ्नेमा पर्यटन व्यवसायी आशावादी देखिएका छन् ।

तीन दशक अघि नेपाल वायुसेवा निगमले पनि पोखरा भरतपुर उडान गरेपनि केही समयपछि बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment